कार्तिक २४, जनधपुरधाम। सरकारले पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी थालेको छ । जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको बताइएको छ ।
सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । व्यवस्थापनको काम सकिन लागेकाले आगामी पुसको पहिलो सातादेखि त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल भइरहेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।