बिहानी को अन्ध्यारो सिम सिमे पानी पर्दै थियो ! आनन्दले आफ्नो झोला तैयार पार्दा नजिकै बसेकी स्यानी छोरी मलिन देखिन्थी।उ आफ्नो बाबा लाहुर जाने थाहा पाएपछि बा सँगै उठेर अगेनाको नजिकै बसेकी थिई।घरमा आनन्दका बाबा बिमार नै रहन्थे औषधी उपचारको लागि घरमा पैसा थिएन।गाउँको डिस्पेनसरीमा देखाएर मेडिकलहरु बाट औषधी लिएर खाँदा निको भैन।
भारतमा एउटा होटेलमा नोकरी गरी रहेको आनन्द कोरोनाले गर्दा लाक डाउँनमा बन्द भयो।उस्ले त्यो बेला यँहा दुखःपाउँनु भन्दा स्वदेशमै गएर केही गर्ने मन बनाएको थियो।एक मैना जती भारतमै अलपत्र अबस्थामा रह्यो,त्यत्ती समय नेपालको कोरेन्टनमा गर्दा अलि अलि भयको पैसा पनि नित्रियो।जन तन घर पुगेको आनन्द लाई घरमा बसेर जिबिकोपार्जन गर्न कठिन भयो।न ता खेति गरेर खान पुग्ने जमिन न पानिचार बर्खाको खेति बतास पानीले स्वाहा पारि सक्यो।थोरै पोलेर खाएर सके,अब नखद पैसा बिना बाबाको उपचार छैन,काम कतै निमेक गर्छु भन्दा पनि काम नपाएपछि कसरी देशमा बस्ने।
पछिल्लो बर्ष बैँकबाट लोन लिएर एउटा गोठ बनाएको त्यसको पनि किस्त तिर्न सकेको छैन,यो सबै समस्याले गर्दा आज उ लाहुर हिँड्ने तैयारीमा छ। उति बेला त लक्ष्मिले पनि यतै आउ मिलेर खेति गरौँला त्यँहा कोरोनाको रोग फैलिएकोछ भन्छन जसरी तसरी गुजारा घर मै गरौँला!भन्थिन त्यो ता मात्र हाम्रो आबेश नै रैछ।कुनै चारानै छैन न काम न दाम न माम कसरी बाँच्ने। हिँजो नेताहरुलेपनि फर्कि आउ युवाहरु तिम्रो देशलाई खाँचोछ।यँही शुन फल्छ,देशका युवाहरु फर्केपछि देशको बिकाश हुँन्छ भन्दै ठुला ठुला लेख लेख्ने भाषण गर्नेहरुले कुन्नि के देखेर भन्दा रैछन?देशमा मल छैन, बिउ छैन, खेति गर्ने प्रसस्तै जमिन छैन।जो जति छ त्यसमा पनि सिँचाईको ब्यबस्था छैन।
भैन भनेर देशभरी कोरोनाको कहर फैलिँदैछ,हिँजो हाम्रो देश शक्ति शाली हो यँहा कोरोनाले भेटाउँन सक्दैन भन्दै बेसारे फोटा बनाउँदै फेशबुकमा खुब उखान र टुक्का सहित पोस्ट गर्थे।ति नेताहरुपो कतै कोरेनटेनमा बसेकाछन कि देखिदैनन।
आज आनन्द लगायत हजारौँ युवाहरुले मर्नु भन्दा बौलाउँन बेश भयको कहावतलाई चरित्रार्थ गर्दछ।हजारौँ युवाहरु प्रवाश जान हतारछन।लामबध्द भयकाछन।बाध्याता र बिबस्ताले उनिहरु घर छोड्न मज्बुर भयकाछन।
हिँजो मरेपनि आफ्नै माटोमा मरौँला भन्नेहरु आज मर्न भन्धा त बौलाउँन राम्रो भन्दै प्रवाश छिर्न थालेकाछन।
बाबा बस्नुश म छिट्टै केहि पैसा पठाई दिन्छु हजूरको छिट्टै उपचार हुँनेछ।भन्दै खुट्टामा ढोग गर्छ,बाउ हौश छोरा छिट्टै आए आफ्नो खयाल राख्नु भनेर आसिर्वाद दिन्छन।नजिकै बसेकी छोरीलाई एक पटक उचाल्छ र चुप्प पार्छ।बाबा नजानुस भन्दै स्यानी छोरी रुन थाल्छे।लक्ष्मिपनी एकतिर मुख ढाकेर सेँखोर-सेखोर गर्छे।छोरी रोएको देख्दा आनन्द भाभबुक हुँन्छ,आँखा रसाउँछन।भाईर पानी मसिनो सिमसिम पर्दै थियो लक्ष्मिले छात दिँदै भिज्नु होला बाटोमा ओडेर जानुस भन्छिन।उ बोल्नै सक्दैन अनि झोला बोकेर बाटा लाग्छ।कामको तलासमा परदेश तर्फ।
(कथा काल्पनिक हो यसका पात्रहरुको नाम र कसैको निजि जिवन सँग मेल खान गयो भने सञ्जोग मात्र हुँनेछ।)