१
फेरि उसको जिन्दगी गतिलो बनाईदिएँ,
बरु आफ्नै मन थिलो थीलो बनाईदिएँ।
बाहाना खोज्दै थिई म बाट टाढा हुने,
आँफै रिसाएर सजिलो बनाईदिएँ ।
२
जति वजन सिंदूर मा हुन्थ्यो अविरमा हुँदैन,
अमिरको झैं भाग्य म जस्तो फकिरमा हुँदैन।
ईश्वरसंग एउटा कुरामा गुनासो छ मेरो,
किन दिलमा बसेको मान्छे तक्दिरमा हुँदैन।