श्रावण २५, बाँके । नेपालगन्ज विशेष गरी नेपालगन्जमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गरेपछि गएराति देखि नेपालगन्ज क्षेत्र सिल गरेको छ । शिल गरिएको क्षेत्रलाई नेपाली सेनाको नियन्त्रणमा छ । सिल गरिएको नेपालगन्जको क्षेत्रलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ्गलेअनुगमन गरेका छन् ।
प्रजिअ कुरुम्वाङ्गले सिल गरिएको क्षेत्र शान्त र सुनसान रहेको जानकारी दिए । उनले शिल गरिएको क्षेत्रमा कोही प्रवेश नगरेको, नागरिकले नियम पालना गरेको जानकारी दिंदै आफै संयमित रहन सबैसंग आग्रह समेत गरे । ‘तपाईहरु आफै घरमै बसिदिनु भयो भने कारोना नियन्त्रण भएर जान्छ । धैर्य गरिदिनु होस्, बाहिर ननिस्कि दिनुहोस् । नागरिकको सहयोगले धेरै कुरा राम्रो भएर जान्छ ।’ प्रजिअ कुरुम्वाङ्गले भने ।
दिनानुदिन कोरोना पोजेटिभ बढ्दै गएपछि बाँके जिल्लामा निशेधाज्ञा जारी गरिएको छ भने नेपालगन्जको पुष्पलाल चोक देखि गणेशमान चोक हुँदै चारवाहिनी रोड फुल्टेक्रा हुँदै विचको क्षेत्र मंगलबार रातिसम्मका लागि सबै सिल गरिएको छ ।
https://khabar24nepal.com/2020/08/09/41618