• २०८१ पुष २९ गते सोमवार

तारकेश्वर नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २५, काठमाडौं । तारकेश्वर नगरपालिकाले आफ्नो स्थानिय निकायका केही क्षेत्रमा कोरोना संक्रमितहरु भेटिएकाले नगरपालिकाका अत्यावस्यक बाहेकका सबै सेवा बन्द गराएको छ । नगरपालिकाले जारी विज्ञप्तीमा जनाए अनुसार श्रावण २६ गते देखि श्रावण ३२ गते सम्मका लागि सेवा बन्द गराएको हो ।

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेका अवस्थामा नगरपालिकाको कार्यालयमा हुने भिडका कारण संक्रमण झनै बढ्न सक्ने भन्दै नगरपालिकाले स्वास्थ्य सम्बन्धी कार्य एवं सेवाहरु, कोभिड १९ साग सम्बन्धित सम्पुर्णकार्य र सवारी पास एवं नगर प्रवेश अनुमती सिफरिस सम्बन्धीकार्य बाहेक सबैहरु स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस