• २०८१ पुष २९ गते सोमवार

गोंगवुमा एक पुरुषको टुक्रा–टुक्रा पारेको शव भेटियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २५, काठमाडौं । काठमाडौंको गोंगवुमा आज एक व्यक्तिको शव भेटिएको छ । टोखा नगरपालिका वडा नं. १० स्थित स्वर्गद्धारी टोलमा बन्द सुटकेस भित्र घाँटी मुनी घुँडा माथिको शव भेटिएको हो ।

प्लास्टीकमा प्याक गरी सुटकेसमा हालीएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउको र खुट्टा भने सुटकेस भन्दा ३०० मिटर टाढा फालिएको थियो । नेपाल प्रहरीले कुकुरको सहायताले टाउको र खुट्टा पत्ता लागेको थियो । मृतक करिव ४५ वर्षको मंगोलियन जस्तो देखिन्छन् ।

घटनास्थलमा नेपाल प्रहरीका टेकुका प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली र प्रहरी महाशाखा प्रमुख एसएसपी दिपक थापा सहितको ठूलो संख्यामा प्रहरी परिचालन गरि शव संकलन गरेर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । घटना कसले ग¥यो र मृतकको को हुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस