• २०८१ असार ९ गते शनिवार

अल पार्टी पार्लियामेन्ट्री समूहले अहमदीमाथिको उत्पिडन रोक्न आग्रह, कदम चाल्‍न बेलायतलाई आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, एजेन्सी। एसियाली मुलुक निर्णमाणमा कुनै समय महत्वपूर्ण भूमिका खेलेका अहमदीया मुस्लिम समुदायले अहिले मानवताविरुद्धको चरम उत्पिडन सामना गरिरहेका छन् । इमरान खान नेतृत्वको पाकिस्तानी सरकारका अधिकारीहरुले अहमदीया मुस्लिम समुदायमाथि कडा कदम चालेका छन् ।

अल पार्टी पार्लियामेन्ट्री समूहले तयार गरेको ‘विश्वास निसास्सियो, पाकिस्तानका अहमदी मुस्लिम समुदायमाथि उत्पीडन र अन्तर्राष्ट्रिय अतिवादको उदय’ शीर्षकको प्रतिवेदनमा मुस्लिम बाहुल्य मुलुकमा नै मुस्लिम समुदाय उत्पीडनमा परेको निष्कर्ष निकालेको हो । यद्पि, अहमदीमाथि आक्रमण गर्ने पाकिस्तान एक्लो मुलुक भने होइन । बंगलादेशदेखि स्कटल्यान्डसम्मका मुलुकहरुले अहमदी समुदायमाथि दमन र शोषण गरिरहेका छन् ।

सन् १९७० मा प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोले संविधान संशोधन गरेर मुस्लिम समुदाय कानुन र संविधानको उद्देश्यमा नभएको उल्लेख गरेपछि अहमदीविरोधी अभियानहरु चलाइरहेको छ । सबैभन्दा बढी पाकिस्तानमा अहमदी समुदायहरु उत्पीडनमा परेका छन् । उनीहरुका मस्जिदहरु भत्काउने र चिहानमा ट्याक्टर चलाउने, घर भत्काइदिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस