• २०८१ माघ ८ गते मङ्गलवार

पाकिस्तानी राज्यातंकविरुद्ध सिन्धमा प्रदर्शन, र्‍यालीमा सहभागी नै अपहरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, एजेन्सी। पाकिस्तानको सिन्ध प्रान्तमा सिन्धबासीहरुले राज्यातंक र जबरजस्ती बेपत्ता पार्ने सरकारी कदमविरुद्ध प्रदर्शन गरेका छन् । सिन्धबासीहरुले सहिद बेहाजिर अबाद जिल्लाको क्‍वाजी अहमेद सहरमा उक्त प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘राज्य आतंक बन्द गर’, ‘अधिनायकवाद र सिन्धमाथिको ज्याद रोक’, लगायतका नारा लेखिएका ब्यानरहरु समातेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राजनीतिज्ञहरुको अपहरण रोक्न‍समेत माग गरेका छन् ।

महिनौंदेखि बेपत्ता पारिएका व्यक्तिहरुमा परिवारका सदस्यहरुसमेत सडकमा उत्रिएका थिए । जर्मनीमा निर्वासनमा रहेका जेएसएमएमका प्रमुख साफी बुरफातले भने, “उक्त र्‍याली अपहरणमा परेका राजनीतिक व्यक्तिहरुको सुरक्षित रिहाइका लागि आयोजना गरिएको हो ।” उनले पाकिस्तानी सेना र आईएसआईले सिन्धका राजनीतिज्ञहरुलाई अपहरण गर्ने गरेको बताएका छन् । उक्त र्‍यालीका क्रममा पनि सातजनालाई अज्ञात समूहले अपहरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस