• २०८१ माघ ८ गते मङ्गलवार

सहरमा कोरोना महामारी फैलिएपछि बंगुस उपत्यकामा पर्यटकको भिड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, एजेन्सी। कोरोना भाइरसको महामारीले मानिसहरुको जीवनशैली प्रभावित बनेपछि मानिसहरु जम्मु काश्‍मीरको कुपावारा जिल्लास्ति बंगुस भ्यालीमा जाने गरेका छन् । उक्तर कुपवारामा पर्ने बंगुस हिमालयको काखमा छ । “लकडाउन सुरु भएदेखि मानिसहरु यहाँ आउनेक्रम बढ्न थालेको हो । सहरमा कोरोना महामारी बढ्दै गएपछि सहरमा छोडेर प्रकृतिको काखमा रमाउन थालेका हुन् । यहाँ स्वच्‍छ हावा छ भने शान्त वातावरण छ । यहाँ हामी कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन्छौं,” एक यात्री हाफिज मन्जूरले भने ।

श्रीनगरबाट ११५ किलोमिटरको दूरीमा पर्ने यो उपत्यका सुमद्री सतहबाट १० हजार फिटको उचाईमा छ । यसलाई लुकेको स्वर्ग पनि भन्‍ने गरिन्छ । ३०० वर्गकिलोमिटरको क्षेत्रमा फैलिएको यो उपत्यकामा ठूलो भूभाग घाँसे मैदानले ढाकिएको छ ।

“लकडाउन लामो समय भयो । हामी कतिदिन घरमै बस्‍ने ? बाहिर जाँदा प्रतिबन्दहरु छन् । हामी स्वतन्त्र हुन चाहन्थ्यौं र यहाँ आयौं,” एक अर्का यात्री अन्जुम जानले भनिन् । कोरोना नियन्त्रणको ठूलो प्रयासका कारण जम्मु काश्‍मीरमा कोरोना भाइरसले त्यति धेरै प्रभावित पार्न सकेको छैन् । हालसम्म जम्मु काश्‍मीरमा ७ हजार २८५ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस