• २०८१ पुष २९ गते सोमवार

धनगढीमा बेहोष भेटिएका एक पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, धनगढी । धनगढीमा बेहोष भेटिएका एक पुरुषको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर २ आदर्श टोलमा बेहोष अवस्थामा भेटिएका अन्दाजी ४५ बर्षीय पुरुषको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता तथा प्रहरी निरिक्षक हिक्मत थापाले मृतकको सनाखत हुन नसकेको बताए।

‘आज बिहान बेहोष अवस्थामा भेटिएका पुरुषलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो,’ उनले भने, ‘उपचारका क्रममा सवा ३ बजे उनको मृत्यु भएको छ। तर मृतकको सनाखत हुन सकेको छैन्।’

प्रतिक्रिया दिनुहोस