श्रावण २५ , काठमाडौँ । ५ नम्बर प्रदेश सांसद कृष्णा के सी ‘नमुना’लाई कोरोना संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको उनले शनिबार आफ्नो फेसबुक मार्फत जानकारी गराएकी हुन्।
सांसद नमुनाले एकहप्ता यता आफुसँग नजिक आएका र सम्पर्कमा आएका सबैलाई सेल्फ आइसुलेसनमा वस्न तथा पिसिआर चेक गराउन अनुरोध समेत गरेकी छिन्।