• २०८१ असार ९ गते शनिवार

पर्सामा थप ७५ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, वीरगञ्ज । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस