• २०८१ माघ ८ गते मङ्गलवार

सीसीएमसीको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५,काठमाडौँ । कोरोना भाइरस अर्थात कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ ।

केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकभर कोरोना भाइरसको संक्रमित तीव्र बढेसँगै लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा सरकार अन्योलमा छ । आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने बिषयमा कदम चाल्नेछ । सरकारले कुनै प्रकारको लकडाउन जारी नगरेपनि केही स्थानीय निकायहरुमा स्थानीय प्रशासनले कडाइ गरेको छ ।

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरेरर सवारी चलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस