• २०८१ माघ १ गते मङ्गलवार

ईप्रका कोहलपुरमा छैन कोरोना, रिपोर्ट नेगेटिभ आयो

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

 

श्रावण २५, बाँके । कोहलपुरमा थुनुवालाई कोरोना संक्रमण देखिएपछि सिल गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुर पुन पुरानै अवस्थामा फर्किएको छ । ईप्रका अन्तर्गतका सबै प्रहरी र थुनुवाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कार्यालयको सबै सेवा खुल्ला गरिएको ईप्रका कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए ।

गत श्रावण २० गते ईप्रका कोहलपुरका एक थुनुवालाई कोरोना संक्रमण देखिएपछि २१ गते कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी, थुनुवा र अन्य स्थानिय गरी १०० जनाको स्वाव संकलन गरीएको थियो । जसमध्ये एक प्रहरी र एक थुनुवामा बाहेक अन्य ९८ जनाको रिपोर्ट नेगेटिभ आएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्ली पोखरेलले जानकारी दिए । संक्रमण देखिएका प्रहरी दाङमा कार्यरत रहँदै आएका थिए ।

कोहलपुर आएको समयमा कोरोना परिक्षण गराएका ति प्रहरीमा संक्रमण देखिएको पोखरेलले बताए । संक्रमण देखिएका दुबैलाई शनिबार नै आईसोलेशन सेन्टरमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस