• २०८२ बैशाख ५ गते शुक्रवार

पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघले थबाङ गाउँपालिकामा बुझाएको ज्ञापनपत्रको सम्बोधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार २५, रोल्पा । पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघले थबाङ गाउँपालिकामा बुझाएको ज्ञापनपत्रको थबाङ गाउँपालिकाले सम्बोधन गरेको छ ।  बिहिबार थबाङ गाउँपालिकामा पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघले गाउँपालिकामा ज्ञापन पत्र बुझाउदै थबाङ गाउँपालिका वडा १ , २ र गाउँपालिकाको कार्यलय घेराउ गरेको थियो ।

केही दिन अघि थबाङमा पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघ नाम दिएर गठन गरिएको उक्त संगठनले विहिबार वडा नं १ , २ र गाउँपालिकाको कार्यलय घेराउ गरेको हो । द्धन्दपिडित बेरोजगार संघ जिन्दावाद,बेरोजगारहरुलाइ रोजगार दे ,द्धन्दपिडित बेरोजगारहरुको सहि सम्वोधन गर ,सबै दन्दपीडीत बेरोजगारहरु एक हौ सबै खाल भ्रष्टचारी मुर्दावाद लगाएतका नाराहरु लगाउदै आएका करिव १०० जना स्थानीयहरुले ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझे लगतै गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीले पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघले ल्याएका जायज मागहरु जति सम्बोधन हुने बताउनु भएको छ । ज्ञापन पत्र बुझाउन आएका पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघमा आवद्ध स्थानियहरुलाई हामीले सक्ने मागहरु सम्बोधन हुने उहाले बताउनु भयो । पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार हरुको गाउँपालिकाले थप पहिचान गरि उनिहरुलाइ विकास र स्वरोजगारको माध्यम तर्फ सहभागी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ,गाउँपालिका अध्यक्ष विर बहादुर घर्ती र पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघका अध्यक्ष हितमान पुनको हस्ताक्षरी पत्रमा भनिएको छ थबाङ गाउँपालिका अन्तर्गत सम्पूर्ण पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द पिडित बेरोजगारहरुको नाम ठेगाना र हालको अवस्था लगायतका विवरण उल्लेखित गाउँपालिकाले बनाएको फर्म भरी साउन १५ गते भित्र नामावली गाउँपालिकामा पेश गर्ने ।थबाङ गाउँपालिकाको आर्थिक वर्ष २०७७र७८ मा सञ्चालन हुने आयोजना तथा योजनाहरुमा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द पिडित बेरोजगारहरुलाई प्रति आयोजनामा १ जनाका दरले समानुपातिक रुपमा सहभागी बनाउने । नेपाल सरकारबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनाहरु यस गाउँपालिकाबाट कार्यान्वयनको क्रममा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द पिडित बेरोजगारहरुलाई सहभागी गराइने छ । पुर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द पिडित बेरोजगारहरुको जिवन निर्वाह गर्नका लागि गाउँपालिकाबाट कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगायत सिपमुलक व्यवसायिक रोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने ।
सम्बोधन पत्र

पुर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता ,द्धन्द पिडित बेरोजगार संघका मागहरु

सबै द्वन्दपिडित बेरोजगारहरुको समस्याको पहिचान गरी व्यवस्थित रुपमा समाधान गरिनु पर्छ ।विकास योजना लगायतका हरेक कामहरुमा सबैलाई समान अवसर र समान सहभागिताको व्यवस्था मिलाउनु पर्छ । कसैलाई पनि कुनै अवसरबाट बञ्चित गरिनु हुदैन । कसैलाई अन्यायपूर्ण र असमान व्यवहार गरिनुहुदैन । कुनै पनि विकास योजनाहरुमा कुनै व्यक्ति विशेष, समुह विशेष समिति विशेष, पार्टी विशेषको निरन्तर एक लौटी एकाधिकार हुने परिपाटीलाई तोड्नु पर्छ । सबैलाई आवश्यकताको आधारमा समान अवसर दिइनु पर्छ । नातावाद, पक्षपात र असमान व्यवहार गरिनु हुदैन । एउटै वर्ग, जात, समूह, व्यक्तिको मात्र वर्चश्व हुने गलत संस्कारलाई तोड्नु पर्छ । शहीद परिवार, वेपत्ता परिवार, घाइते अपाङ्गहरुको समस्यालाई पहिलो प्राथमिकतामा राख्ने र समस्याको उचित हल गर्ने द्वन्दका कारण स्थायीर अस्थायी जागिर समेत छाडेर युद्धमा योगदान पुर्याएका द्वन्दपिडितहरुको समस्यालाई सम्बोधन गर्ने गराउने सरकारसँग विशेष पहल गर्ने । द्वन्दका कारण स्थायीर अस्थायी जागिर समेत छाडेर युद्धमा योगदान पुर्याएका द्वन्दपिडितहरुको समस्यालाई सम्बोधन गर्ने गराउने सरकारसँग विशेष पहल गर्ने लगायतका मागहरु लिएर गाउँमा कोण सभा गर्दै गाउँपालिकामा आएर ज्ञापन पत्र बुझाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस