• २०८२ जेष्ठ २ गते बिहिवार

डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, सप्तरी । जिल्ला अदालत सप्तरी राजबिराजको २०७१ असार १७ गतेको फैसलाले डाँका मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी सुरूङगा नगरपालिका(८ बस्ने ३२ वर्षीय अनिल कुमार रामलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत सप्तरीमा पेश गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस