• २०८१ साउन ८ गते मङ्गलवार

बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुर मेडिकल कलेज सिल

५ नं. ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, बाँके । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरीएको छ । सोमबार अछामबाट उपचारका लागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ।

कोहलपुरमा उपचार गराईरहेकी ति महिलाको कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालका उप निर्देशक डा। दिनेश श्रेष्ठले जानकारी दिए । बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टाईनमा राखीएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सिल गरीएको डा। श्रेष्ठले बताए ।

१८ हप्ताको गर्भवती समेत रहेकी ति महिलाको आन्द्रा गुजल्टीएको अवस्थामा रहेकाले अप्रेशनको तयारी गरीएको डा। श्रेष्ठले जानकारी दिएका छन ।
ति महिलासँगै कोहलपुर ल्याईएका अर्का एक ब्यक्तिको सोमबार नै मृत्यु भएको थियो । अछामको अस्पतालले जागिरबाट निकालेपछि आत्मदाहको प्रयास गरेका ति व्यक्तिको उपचारका क्रममा मृत्यु भएको डा। श्रेष्ठले पुष्टि गरे ।

अस्पतालले करार नविकरण नगरेपछि उनले सोमबार बिहान आफैँलाई पेट्रोल छर्किएर अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अबस्थामा पुगेका उनलाई सोमबार दिउँसो हेलिकप्टर मार्फत कोहलपुर ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस