• २०८१ माघ २ गते बुधवार

प्रधानमन्त्री ज्यु, देवभुमि र सिमा अतिक्रमीत फिर्ता गरेर देखाउनुहोस

शोभा पाठक पढ्न लाग्ने समय : ५ मिनेट

नेपालको संसारभर पृथक परिचय छ । कहिले कसैको पराधीन नभएको देशको सामरिक महत्व छ । भारत र चीन जस्ता विशाल र शक्शिाली देशको बीचमा अवस्थित हुनु अवसर र चुनौती दुवै हो ।

नेपालको हजारौ वर्षको ईतिहास छ । सत्य, त्रेता, द्वापर र कली चारै युग ब्यहोरेको सप्त ऋषीहरुको जन्मभूमी र तपोभूमिको साथै चारै वेदसमेतको उद्गमस्थल अनि तेत्तिसकोटी देवीदेवताहरुको निवासस्था हो नेपाल । तारणहार बिष्णु भगवानको नवौं अवतार शान्तिका दुत गौतम बुद्धको जन्मस्थल सहितको वैदिक सनातन हिन्दुसंकार बोकेको देवाधिदेव महादेब श्री पशुपतिनाथले संरक्षित देश हो नेपाल। हिमवत खण्ड्को ऋषिमुनिहरुको तपोभूमी हो । उप स्वतन्त्र देश प्राचिनकाल देखिनै धार्मिक आस्था र एकताको धरोघर रहदै आएको छ।

भनिन्छ कुनैपनि समाज ध्वस्त पार्न त्यस देशको धर्म संस्कृतिमाथि आक्रमण गरिन्छ । नेपालमा अहिले त्यही भइआएको छ । समयमै यसको समाधान भएन भने कुनैदिन यो महान हिन्दुराज्य हिन्दुबिहीान हुन समय लाग्दैन् । जुन गतिमा हिन्दु धर्ममाथि हमला भइरहेको छ यसले गम्भीर दुर्घटना नआउला भन्न सकिन्न् ।

हिन्दुराज्य नेपाल जहिलेपनि हाम्रो आस्थाको केन्द्र रहँदै आएको छ। हाम्रा परम्परा, संस्कृति र धर्म हाम्रो पहिचान पनि हो । तर, बिगत एक दशकदेखि अनेक बहानामा हाम्रो धर्ममाथि हर तरहबाट चौतर्फी आक्रमण हुँदै आएको छ। हामीले हाम्रो धर्म र संस्कृतिमाथि भइरहेको आक्रमणलाई बेवास्ता गर्दा निकै चुनौतीको सामना गर्नुपर्ने खतरा बढेको छ । भनिन्छ कुनैपनि समाज ध्वस्त पार्न त्यस देशको धर्म संस्कृतिमाथि आक्रमण गरिन्छ । नेपालमा अहिले त्यही भइआएको छ । समयमै यसको समाधान भएन भने कुनैदिन यो महान हिन्दुराज्य हिन्दुबिहीान हुन समय लाग्दैन् । जुन गतिमा हिन्दु धर्ममाथि हमला भइरहेको छ यसले गम्भीर दुर्घटना नआउला भन्न सकिन्न् ।

अहिलेको प्रश्न कुन दल या नेता सत्तामा रहने या नरहने होइन । कुनै व्यक्ति विशेष राजा या राष्ट्रपति हुनुपर्छ भन्ने विषय पनि सबथोक होइन । अहिलेको प्रश्न सनातन संस्कृतिक बचाउनु हो । कुनैपनि समाज संस्कृति र संकारको जगमा उभिएको हुन्छ । हामी त्यही जगको रक्षा गर्ने कि नगर्ने रु यो प्रश्न ज्वलन्त बनेको छ ।

अहिले देशमा जे जस्ता घटना भइरहेको छ यो नेपाल र नेपालीका लागि पक्कै पनि शुभ होइन । सरकारका कतिपय काम राम्रा भएपनि धर्म संस्कृति रक्षार्थ भएको बेवास्ताप्रति प्रश्न उठाउनैपर्छ । यो विषयमा गहिरो बहसको जरुरी छ । खोला तर्यो लौरो बिर्सियो भने हित गर्दैन । खोला फेरि फेरि तर्नुपर्छ । हामी जुन सामाजिक संस्कार र धर्मको जगमा उभियौं त्यसैलाई भत्काउन लागि परिरहेको देखिदैछ । यो कालिदासको आफू बसेको रुखको हाँगा काट्ने मुख्र्याई भन्न सकिन्छ । यो संकटबाट बचाउने अभियान नचलेको होइन । यो अभियान सफल हुनुमै देश र जनताको हित छ ।

जसले सनातन धर्म संस्कृतिलाई बचाउँछ उसैले देशलाई पनि बचाउनेछ । यो निकै चुनौतीपूर्ण छ तर असम्भव होइन ।

नेपालमा हिन्दूराष्ट्रको विषय बहसमा आइसकेको छ । मुख्य राजनीतिक दलहरुभित्र यो बहस जोडतोडले उठ्दै गएको छ । सनातन धर्म संस्कृतिको चाहना र आवश्यकताको औचित्य झन् पुष्टि हुँदै गएको छ । जसले सनातन धर्म संस्कृतिलाई बचाउँछ उसैले देशलाई पनि बचाउनेछ । यो निकै चुनौतीपूर्ण छ तर असम्भव होइन । धर्मको रक्षार्थ काँधमा काँध मिलाई साँगठनिक रूपमा एकजुट हुन जरुरी देखिएको छ । जसले हामीलाई मार्गदर्शनसहित एकजुट गर्ने छ ।

अहिलेको प्रश्न कुन दल या नेता सत्तामा रहने या नरहने होइन । कुनै व्यक्ति विशेष राजा या राष्ट्रपति हुनुपर्छ भन्ने विषय पनि सबथोक होइन । अहिलेको प्रश्न सनातन संस्कृतिक बचाउनु हो । कुनैपनि समाज संस्कृति र संकारको जगमा उभिएको हुन्छ । हामी त्यही जगको रक्षा गर्ने कि नगर्ने रु यो प्रश्न ज्वलन्त बनेको छ । हाम्रा पुर्खाहरूको सनातन धर्मलाई प्रेम र जगेर्ना गर्ने अवस्था ल्याउनु महत्वपूर्ण भइसकेको छ । देशमा धर्म प्रचारको नाममा गरिने अनेक गैरकानूनी गतिविधि र प्रलोभनलाई रोक्न सक्ने सरकार निरिह बनेको छ । भुकम्पको नाममा मात्र नभई कोरोना भगाउने नाममा समेत धर्मको प्रचार भएको खबरहरु तथ्यसहित बाहिर आए ।

हामी अझै पशुपतिनाथलाई आस्थाको धरोहर मान्छौं । आपत विपत पर्दा पशुपतिनाथलाई सम्झन्छौं । पशुपतिनाथबाट कल्याण चाहन्छौं । यो हाम्रो धर्मप्रतिको आस्था हो । यो नेपाल र नेपाली जनताको लागि आशिष हो । हामी बलिया देशहरुको बीचमा रहेर पनि पृथक पहिचानसाथ बलियो साथ रहनुमा सनातन धर्मको शक्ति पनि हो । हिन्दु र बौद्ध धर्मका आस्थावान दक्षिण र उत्तर तर्फका नागरिकहरु नेपाललाई पवित्र तीर्थस्थल या देवभुमि मान्छन् ।

नेपाल अनेकन देवस्थल र तीर्थस्थलको भुमी हो । यहाँको मार्ग हुँदै हिमालयका तीर्थस्थलसम्मको यात्राको मार्ग हजारौं वर्ष देखि चल्दै आएको छ । जसमा लिपुलेक भएर भारतीय तीर्थयात्री मानसरोवर जाने पनि पर्दछ । अहिले यही मार्ग भारतले खोलेको छ । जसका कारण उत्पन्न परिस्थितिका कारण नेपाल देशको नयाँ नक्शा जारी गर्न वाध्य भएको छ । देशको नयाँ नक्शा जारी भएको छ तर उक्त भुमिबाट भारतीय सैनिक हट्ने नहट्ने विषय गम्भीर छ । नक्शा बनाउनु मात्र ठुलो उपलब्धि होइन नक्शा आफ्नो अधिकार स्थापित गर्नु ठुलो विषय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यु जनतालाई नक्शा देखाएर दंग पार्ने मात्र होइन भुमि ल्याएर देखाउनुपर्छ । तबमात्र तपाईं सच्च देशभक्त ठहरिनुहुनेछ । नत्र तपाईको देशभक्ति पानीको भोका जस्तै हुनेछ ।

अहिले भारतसँग नेपालको कुटनीतिक संकट बढिसकेको छ । जतिसुकै सम्बन्धमा चीसो आउँदा या चुनौती बढ्दा पनि भारतको नेपालसँग रहेको धर्म संस्कृतिको समानताको सम्बन्ध महत्वपूर्ण हुनआउँछ ।

भारतीय नागरिक नेपाललाई ऋषिमुनीहरुको तपोभुमी, देवभुमी र पशुपतिनाथलगायत भगवानको बाश भएको पवित्र तीर्थस्थल मान्छन् । यसकारण पनि नेपाल र भारतबीचको सम्बन्ध विशेष छ । यो रोटीबेटीको सम्बन्ध मात्र होइन । यो जन जनको सम्बन्ध मात्र होइन । यो साझा धर्मको सम्बन्ध हो । जसका कारण नेपाल र भारतबीचको सम्बन्ध विशेष छ । अहिले धर्मको जगमा टिकेको सम्बन्धलाई सदुपयोग गरी दुवै देशले सिमा विवाद समाधानका लागि वार्तामा बस्नुपर्छ । फेरि एकपटक नेपालमा सनातन धर्मको महत्व प्रकट हुँदैछ । धर्मले मानिसलाई अनुशासित मात्र बनाउँदैन देश देशबीच बिग्रिएको सम्बन्ध सुदृढ हुने अवसर पनि यार गर्छ । त्यसैले देशको स्थायीत्व, जनतामा नैतिक बल, शासकहरुमा राजनीतिक अनुशासनका लागि धर्मको महत्व अझ बढेको छ । यसकारण पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने कारण प्रमाणित भएको छ ।

(लेखक सामाजिक अभियन्ता हुन् । उनी नेपाल विश्व हिन्दु महासँघ केन्दिय सदस्य तथा महिला विभाग प्रमुख समेत हुन्)

प्रतिक्रिया दिनुहोस