• २०८१ बैशाख ७ गते शुक्रवार

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौँ । नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले प्रदर्शन गरेको जनाइएको छ । पक्राउ पर्ने विद्यार्थी नेतामा सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंँ लगायत छन ।

प्रतिक्रिया दिनुहोस