बैशाख २७, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा नेपाली काङ्ग्रेसकाे राजनितिमा हरेक पटक विवाद सगैं चर्चामा आउने प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल एकपटक फेरि विवादमा तानीएका छन ।
नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी जिल्ला सदस्य हरिकला गिरिले एक विज्ञप्ति जारी गर्दै झुक्याएर हस्ताक्षर गराई अवैधानिक व्यक्तिकाे अध्यक्षयताकाे बैठक पुस्तिकामा सम्मिलित गराएकाे जानकारी गराएकी छन । पश्चिम नवलपरासीमा केन्द्रीय सभापती शेर बहादुर देउवाकाे पत्रकाे आधारमा विष्णुप्रसाद पाैडेललाई जिल्ला सभापतिकाे चिठि प्राप्त भए पश्चात् एक समुहले विष्णुप्रसाद पाैडेललाई सभापती मान्दै आएकाे छ । तथापी पश्चिम नवलपरासी नेपाली काङ्ग्रेसका आधिकारीक तथा पार्टीका निर्णयहरु जिल्ला सदस्य सहितकाे बैठकमा कार्यवाहक सभापति अर्जुन कुमार पाेखरेलकाे अध्यक्षतामा हुने गरेकाे छ । यहि अवस्थामा नया बैठक पुस्तिकामा विषयवस्तुकाे प्रयाेजन समेत नखुलाई नेपाली काङ्ग्रेसको काम छ भनी हस्ताक्षर गराई झुक्याएकाे भनी विज्ञप्तीमा लेखिएकाे छ । हरिकला गिरि द्वारा हस्ताक्षरीत विज्ञ्पतीमा अाफु १३ औ महाधिवेशन बाट निर्वाचीत जिल्ला सदस्य भएको र १३ औ महाधिवेशनकाे व्यवस्था आत्मसाथ गर्दै अर्जुन कुमार पाेखरेलकाे नेतृत्व बाहेक अरु कुनै प्रायाेजनमा आफ्नाे हस्ताक्षर दुरुपयोग नगर्न समेत भनिएकाे छ । यस्तै अर्का जिल्ला सदस्य रामनगिना सिहंले पनि साेहि व्याहाेरा अनुसारकाे झुक्याएर दस्तखत गराएकाे भनी विज्ञप्ती जारी गरेका छन ।
स्मरण रहाेस पछिल्लो समय नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा केन्द्रीय सभापति शेरबहादुर देउवालाई समेत आफ्नाे पक्षमा पारी कुनै समुहमा नदेखिएका नेता विष्णुप्रसाद पाैडेललाई चिठि मात्रकाे भ्रमीत सभापति बनाउने खेलमा पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल पाखुरा सुर्खेर लागेका अधिकांश जिल्ला सदस्यहरुले बताउने गरेका छन ।