चैत २७,नवलपरासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका बिभिन्न स्वास्थ्य संस्था तथा क्यारेन्टाइनमा स्वास्थ्यकमीलाई अत्यावश्यक बिभिन्न सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्यकर्मीलाई अत्यावश्यक मानिने (पिपीई , सेनीटाईजर , मास्क) लगायतका स्वास्थ्यजन्य सामाग्री हस्तान्तरण गरिएको हो ।
सबै स्संस्थालाई ५ /५ सेट पिपीई , सेनीटाईजर , मास्क उपलब्ध गराईएको छ । चिसापानी अस्पताल , सहिदस्मृती सामुदायीक अस्पताल , पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र , डा. बिनोद निता कण्डेल आखां अस्पताल सुनवल ११ स्थित क्वारेनटाइन र पृथ्बी चन्द्र अस्पताल ति सामाग्री उपलब्ध गराएको हो । कांग्रेसका केन्द्रिय सदस्य एवम संघीय सांसद देवेन्द्रराज कण्डेलमा पहलमा चौधरी फाउण्डेसनले उपलब्ध गराएको सामाग्री कांग्रेसको टोलीले सबै संस्थामा पुगेर बितरण गरेको थियो । सामाग्री बितरण कार्यक्रमा बोल्दै नेता कण्डेलले यस घडीमा चौधरी फाउण्डेसनले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।
सामाग्री हस्तान्तरण गर्दै जिल्लाका पार्टी सभापति बिष्णु पौडेलले पार्टीले आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तता दिने उद्घोष गर्नुभयो ।