• २०८१ मङ्सिर २२ गते शनिवार

तारकेश्वर नगरपालिका वडा नं. ३ मा राहत वितरण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । कोरोना भाइसर ( कोभिड १९) का कारण दैनिक ज्यालादारी मजदुरहरुलाई सामान्य जिवन धान्न समेत अफ्ठारो परिरहेको अवस्थामा तारकेश्वर नगरपालिका वडा नं. ३ मा दैनिक ज्यालादारी श्रमीकहरुलाई राहत वितरण सम्पन्न भएको छ । गरिब, अन्यन्त्र जिल्लाबाट आई बसेका र दैनिक ज्यालादारी काम बन्द भएर खाद्यान्य अभाव भएकाहरुलाई राहत वितरण गरिएको हो ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार दैनिक ज्यालादारी र मजदुर विपन्न वर्ग लाई राहत वितरण गरिएको तारकेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मनोहरी तिवारीले जानकारी दिनुभयो । उहाका अनुसार ३३३ जनालाई राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस