चैत्र २७, काठमाडौं । आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य पहाडी भू-भागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका पूर्वी तराई भू-भागका साथै मध्य भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।