• २०८० चैत्र ३० गते शुक्रवार

समाजलाई सन्देश दिन युवा जनप्रतिनिधिले गरे जनवादी विवाह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २६, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य प्रदिप घिमिरेले समाज परिवर्तनका लागि आफैंबाट शुरुवात गर्ने भन्दै जनवादी विवाह गरेका छन ।


उनले विदुर नगरपालिका वडा नम्बर ३ खड्गभन्याङका राजकुमार खड्काकी छोरी सविता खड्कासँग जनवादी विवाह गरेका हुन । नुवाकोटको त्रिशुलीस्थिति रामन्दिरमा आइतबार दिउँसो एक कार्यक्रमको आयोजना गरि वडासदस्य घिमिरेले सामान्य विवाह गरेका हुन ।

मन्दीरमा विवाह गरिएपनि न त पण्डित थिए नत कुनै किसिमको भोज नै आयोजना गरिएको थियो । समारोहमा नुवाकोट जिल्लाका सांसददेखि स्थानीय नेताहरुको बाक्लो उपस्थिति थियो ।

विवाह कार्यक्रममा बोल्दै नेकपा नुवाकोटका अध्यक्ष एवं बागमति प्रदेससभाका सांसद हिरानाथ खतिवडाले जनविवाहले युवाहरुलाई सकरात्मक सन्देश दिएको बताए । उनले मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनका लागि जनप्रतिनिधिले नै यसरी विवाह गर्नु समाजका लागि उदाहरणीय भएको बताए । त्यस्तै बागमति प्रदेशका प्रदेशसभा सदस्य केशव पाण्डेले बजारमुल्य बढेको समयमा यस्तो विवाहले मितव्ययी अपनाउन सहयोग पुगेको उल्लेख गरे ।

त्यस्तै अनेरास्वीयुका केन्द्रिय सचिव आरसी लामिछानेले हाम्रो संस्कार र संस्कृतिको रक्षा गर्दै गरिएको जनवादी विवाहले सबैमाझ राम्रो सन्देश दिएको प्रतिक्रिया दिए ।
विवाह कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, गिता दाहाल, वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल लगायतले पछिल्लो समय युवाहरुमा बढेको चेतनाको कारण धर्म संस्कृतिको रक्षा गर्दै गरिएको वैवाहिक कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए । त्यस्तै जनवादी विवाह गरेका प्रदिप घिमिरेले आफुहरु जनप्रतिनिधि समेत रहेकोले समाजलाई सकरात्मक सन्देश दिनुपर्ने भएकोले जनवादी विवाह गरेको बताए । घिमिरेले अहिलेको समयमा समयको अभाव भएकोले छोटो रुपमा वैधिक परम्परा अनुसार विहे गर्नुपर्नै भन्दै सबैले विवाहमा मितव्ययी अपनाउनुपर्ने बताए ।

काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरेले राजनीति शास्त्र र समाजशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा विदुर ३ को वडा सदस्य निर्वाचित भएका घिमिरे नुवाकोटकै चर्चित युवा नेताका रुपमा रहेका छन् ।

साथै वैवाहिक समारोहमा वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार, वडा नम्बर १२ का वडाअध्यक्ष सिताराम अर्याल, आरआर क्याम्पसका पुर्व स्ववियु सभापति राजकुमार राई, नेकपा नुवाकोटका सदस्य बुद्धि प्रधान, नेकपाकी नेतृ बृन्दा ढुङ्गाना, विदुर खानेपानी उपभोत्ता समितिका अध्यक्ष नारायण खनाल लगायतको उपस्थिति समेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस