• २०८० मङ्सिर १२ गते मङ्गलवार

नेप्लिज ओमेन सोसाइटीको साधारण सभा सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौं । नेप्लिज ओमेन सोसाइटीको साधारण सभा सम्पन्न भएको छ । संस्थाको सस्थापक अध्यक्ष रिता पाण्डे सबेदीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

नेप्लिज ओमेन सोसाइटीले कागेश्वरी नगरपालिकामा श्री जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालक समितिको अन्र्तगत वृद्धाश्रम चलाउदै आउको छ । साधारण सभाबाट संस्थाको सस्थापक अध्यक्ष रिता पाण्डे सबेदी संरक्षक रहने गरि नौ सदस्यिय नयाँ कमिटी निमार्ण गरिएको हो । नयाँ बनेको सञ्चालक समितीमा अध्यक्ष पुस्कर प्याकुरेल, उपाध्यक्ष बालकृष्ण खड्का, सचिव गोकर्णमणि पुडासैनि र कोषाध्यक्षमा पसजा निरौला खड्का रहनुभएको छ भने सदस्यहरुमा शिव मर्हजन, सन्तोष अर्याल, सुरेन्द्र थापा, दिलबहादुर बि.क र विकास खड्का रहनु भएको छ ।

सडकमा छोडिनु भएका आमाहरुलाई गासँ, बास र कपासका लागि संस्था स्थापना गरिएकाले संस्थाको मर्मलाई सधै सम्झेर काम गर्न नयाँ कमिटीलाई संस्थाको सस्थापक अध्यक्ष तथा संरक्षक रिता पाण्डे सबेदीले अनुरोध गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार उज्वल के.सी, बिमल धिमाल समेतले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस