पौष २४ बाजुरा । बाजुराको कोल्टी क्षेत्रमा हिमपात संगै टावर नहुदा सम्पर्क गर्न समस्या भएको छ । बडिमालिका नगरपालिका वडा न ७ कालाजग्रा स्थित नेपाल टेलीकमको टावरमा खराबी आएपछि केही दिनदेखि कोल्टी क्षेत्रका सबै स्थानीय तह सम्पर्क बिच्छेद भएका छन् । सञ्चारको एकमात्र सुविधा नमस्ते मोबाइल भए पनि टावर बिग्रिएपछि स्थानीयलाई सास्ती भएको छ ।
कोल्टी क्षेत्र सम्पर्कबिहिन बनेपछि स्थानीयको दैनिकी समेत प्रभावित भएको छ । बडिमालिका नगरपालिको कालाजग्रमा रहेको नेपाल टेलीकमको रिपीटर टावरको सोलार हिउका कारण ब्यट्री शुन्यमा गए पछी उत्तरी क्षेत्र संगको सम्पर्क गर्न समस्या भएको स्थानियले बताका छ । पोरखे र कालाज्रगामा रहेका टावरका ब्याट्री चार्ज हुन नसक्दा सो समस्या भएको नेपाल टेलीकमको कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्लामा केही दिन देखी नियमित पानी र कालाज्रगामा हिमपात भएका कारण जान पनी नसकिने भएकाले अझै केही दिन कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहमा टेलीफोन इन्टरनेट समेत नहुने बताएको छ । टेलीफोन र इन्टरनेट सेवा नहुदा त्यहाँका संचार माध्याम बैकहरुमा समेत प्रभाबित भएको स्थानीयले बताएका छन् ।
हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका सञ्चार सम्पर्क विहीन हुन पुगेको े बताइएको छ । मोबाइल नेटवर्क नभएपछि वैदेशिक रोजगारीमा रहेका र काम विशेषले बाहिर गएका आफन्तसँग कुराकानी गर्न समस्या भएको उनको भनाइ छ ।