• २०८० फाल्गुन १० गते बिहिवार

आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि…

पढ्न लाग्ने समय : १ मिनेट

मानसिक बिरामी रहेका उनले भनेका कुरा धेरैले वास्तै गरेनन् । पत्याएनन् पनि। तर रातकाे समयमा आगोसँगै धुवाँको मुस्लो देखेपछि छरछिमेकी सबै आत्तिए। नभन्दै नजिकै घर रहेका उनका काका नारायण भण्डारीले निस्किएर हेर्दा दाजु इन्द्र भण्डारीको घरमा दनदनी आगो दन्किइरहेको देखे । त्यतिबेला मात्रै उनले चाल पाए भतिजो (दाजुका छोरा) अविनारायणले आफ्नै घरमा आगो लगाए छन् ।

आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्न आग्रह गर्दै दौडिएका अविनारायणलाई भने धेरै खोजी गर्दा पनि नभेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । इन्द्रका छोरा अविनारायण आफैँले आगो लगाउँदा एक तले दुईवटा पक्की घर, गाईगोठ र बाख्रा फार्मममा क्षति पुगेको छ। अविनारायणको मानसिक सन्तुलन ठीक भएको नपाइएको प्रहरीको भनाइ छ। प्रनि दाहालले घटनामा ८ लाख रुपैयाँ बढीको क्षति भएको जानकारी दिए । यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस