मंसिर २२, सुनसरी । सुनसरी जिल्ला अदालत सुनसरीले बलात्कारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने फैसला सुनाएको छ । सोमबार जिल्ला न्यायाधीश न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबाविरुद्धको अभियोगको दाबी ठहर नहुने फैसला गरेको हो ।
जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले सिद्धबाबाल दोषी ठहर गर्ने प्रमाण नपुगेकाले सफाइ दिएको बताए । आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । २०७६ साल पुस १४ गते अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गरेको थियो ।
त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
प्रेम र सहमतिको स्विकारोक्ति जसले सिद्दबाबा कृष्णदासलाई बलात्कारको मुद्दामा सफाई दिलाएको हो । स्रोत भन्छ( ‘आरोप लगाउनेलाई चिन्दै नचिन्ने बताउँदै आएका गिरीले अनुयायीसँगको प्रेम सम्वन्ध र त्यसपछिको सहमतिमै यौन सम्पर्क भएको भनि स्विकारेका छन् । त्यो कसरी सम्भव भयो थाहा भएन् रु जे भयो र जसरी फैसला आयो त्यसले शंका उब्जाएको छ ।’
कारागारमा रहँदाको अवस्थामा साधारण तारेखको माग गर्दै सर्वोच्चमा निवेदन दिएका गिरी उपरको मुद्दामा पूर्पक्षका लागि थुनामै राख्ने उच्च अदालतको आदेश सदर भएको १० दिन नबित्दै गिरीले जिल्ला अदालतबाट सफाई पाएका हुन् ।
अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक हुन केहि समय लाग्ने बताए पनि स्रोतले भने आरोपित गिरी र अनुयायी महिलाबीच रहि आएको प्रेम सम्वन्ध
र सहमतिमा भएको यौन सम्पर्कको आधार बनाई जबरजस्ती करणीको अभियोग नठहरिने व्यहोरा उल्लेख गरिएको बताएको छ ।
गिरी रिहा भएपछि विभिन्न कोणबाट टिका टिप्पणी पनि सुरु हुन थालेको छ । आर्थिक चलखेल भएको हुनसक्ने कानुन व्यवसायीहरूले आशंका समेत व्यक्त गर्न थालेका छन् । स्वयं सरकारी वकिलको कार्यालयले समेत जिल्ला अदालतको फैसला उपर उच्च अदालत जाने बताइसकेको छ ।
गिरीको मुद्दा हेर्ने विषयमा न्यायाधिशहरुबीच हुने गोला हान्ने विषयमा समेत शंका उब्जाइएको छ । स्वयं जिल्ला अदालत सुनसरीमा वकालत गर्दै आएका कानुन व्यवसायीहरुले गिरीको मुद्दा न्यायाधिश अर्जुन प्रसाद कोइरालाले स्वयं आफ्नो पक्षमा राखेको दाबी गरेका छन् ।
आफूलाई २०७६ कार्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि महिलाअधिकारवादीहरुसमेतको दबाबमा ‘सिद्धबाबा’माथि मुद्दा दायर भएको थियो । सुनसरी प्रहरीले १६ कात्तिकमा पक्राउ गरी अस्पतालमै पटक पटक म्याद थप गराइ अनुसन्धान गरेको थियो ।