मंसिर २३, दाङ। तुल्सीपुरमा सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै खोइ तपाईंको मास्क´भन्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य दाङ प्रहरि प्रमुख गणेश चंन्द सहित सुरक्षा निकायका प्रमुख सहित तुल्सीपुर बजारमा अभियान चलाएका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको हो । मास्क लगाउन अनुरोध गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आफै नै नेतृत्व गरेर दाङ तुल्सीपुरको विभिन्न ठाँउहरुमा मास्क वितरण अभियान गर्नु भएको हो । तुल्सीपुर बजारको सडकमा प्रमुख जिल्ला अधिकारी आचार्य नै निस्किएर अभियानमा प्रत्येक पसलमा र सर्बसाधारणलाई मास्क खोइ लगाउन आग्रह गर्दै लापरबाही नगर्न आग्रह गर्नु भयो। कोरोनाको महामारीमा तपाईको मास्क खोइ भन्दै तुल्सीपुर बजारमा दाङका प्रमुख जिल्ला अधिकारि आचार्यको नेतृत्वमा जिल्ला प्रहरि कार्यालय दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुर अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ नेपाली सेना सशस्त्र प्रहरी लगाएत। बिभिन्न सामाजीक संघ सस्थाका प्रतिनिधिहरुले सार्बजनिक स्थान,पसल र यातायातका साधनहरुमा समेत मास्क बितरण गरेका छन । दिनहु कोरोनाको महामारी फैलिरहेको भन्दै जिल्लाका प्रमुख शहरहरुमा सर्बसाधारण हरुलाई अनिवार्य रुपमा मास्क लगाउन र स्वास्थ्य मापदण्ड पुरा गर्न सचेत गराएको यो अभियान हरेक हप्तामा निरन्तर सन्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।