• २०८१ कार्तिक २९ गते बिहिवार

बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट पुन : पोजेटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३, काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनस् पोजिटिभ आएको हो ।

पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी दिएका थिए । दोस्रो पटकको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबुरामले कोरोनाविरुद्धको लडाईं लामो भएको बताउदै उनले फेसबुकमा लेखेका छन, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै लडाइॅ केही लामै होला जस्तो पो छ त१

प्रतिक्रिया दिनुहोस