• २०८१ फाल्गुन ७ गते बुधवार

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा जुनिचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही र लालबहादुर बुढाको मृत्यु भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस