• २०८२ बैशाख २९ गते सोमवार

बाँकेमा एक बृद्धाको कोरोनाबाट मृत्यु

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भदौ२३, बाँके । नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, नेपालगञ्ज–१६ की ८० वर्षीया बृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।

बृद्धाको विहान मृत्यु भएको हो । उनलाई पोजिटिभ भएको रिपोर्ट आज नै साढे तीन बजे आएको हो । बृद्धा २१ गते मेडिकल कलेज, नेपालगञ्जमा भर्ना भएकी थिइन् । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस