• २०८१ फाल्गुन ७ गते बुधवार

थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८ हजार १ सय ३८ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ , काठमाडौँ । थप ९ सय २ जनामा कोरोना  संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ६११ नमुना परीक्षण गर्दा ९ सय २ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २ हजार २ सय ८७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३२ हजार ९ सय ६४ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस