• २०८० फाल्गुन १२ गते शनिवार

कोरोनाद्वारा सिर्जित समस्यालाई सम्बोधन गरि तत्काल अघि बढ्न प्रधानमन्त्री ओलीको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ , काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनेसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गर्नुभएको छ ।

आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोभिड १९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।

उक्त अवसरमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा.सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीज्यूले आमन्त्रित गरेर सल्लाह सुझाव लिनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस