• २०८१ असोज २२ गते मङ्गलवार

अर्घाखाँचीका एक कोरोना संक्रमित पुरुषको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३, बाँके । बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ घर भएका ४२ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको अस्पतालले जनाएको छ।

उनमा यहि भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी ट्रिपर चालक हुन । ट्रिपर चलाउने क्रममा उनी साउन ४ गते दुर्घटनामा परी युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेका थिए । उनीमा कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि आज विहान सवा ९ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनमा सिभियर र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा गएर उपचार गराएका मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि अछाम र कैलालीबाट उपचारका लागि बाँकेमा आएका दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस