श्रावण २४, काठमाडौं । नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप(प्रबन्धक (नवौं तह) रितेश गुप्ता रु.१,२४,९१,१४५।२० बराबरको कार्यालयका चेकहरुसहित सिन्धुलीबाट नियन्त्रणमा प।ेका छन ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाण्डौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई शंकास्पद रुपमा रु.१,२४,९१,१४५।२० (एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा) बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर काठमाडौं जाने क्रममा जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.९ बाट उक्त कार्यालयका चेकहरु तथा सो सँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।