श्रावण २४,कपिलबस्तु। कपिलबस्तु प्रहरीले मोटरसाइकल चोरी गरि लुकाई छिपाई लैजादै गर्दा एकलाई नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका वडा न.०१ उमरी स्थितमा पार्किङमा पाखेको हिरा गिरीको बा ४८ प ४६१६ नम्बरको मोटरसाईकल हराएकोमा खोजतलास गर्दै जाने क्रममा पाल्पा तानसेन नगरपालिका वडा न.०५ वस्ने वर्ष २० को आदित गैरेले चोरी गरि लुकाई छिपाई लैजादै गर्दा फेला पाररेको हो ।
प्रहरीले आदित गैरेलाई नियन्त्रणमा लिई कपिलबस्तु जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य जारी रहेको छ । साथेै यस शिवराज नगरपालिका अन्तर्गत बसोबास गर्ने बासन्दाहरुलाई आफ्नो सवारीसाधनहरु लक गरी सुरक्षीत साथ आफ्नो घर भित्र राख्नु हुन यस वडा प्रहरी कार्यालय चन्द्रौटाले अनुरोध गरेको छ।