• २०८१ पुष २८ गते आइतवार

माधव र झलनाथलाई एकताले चिन्दैन : नेता मणि थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले एकता महाधिवेशनसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको सहमतिबाहेक अरु कुनैपनि कुरा पार्टीमा बैधानिक नहुने बताएका छन । नेता थापाले दुईओटा पार्टीका प्राधिकार नेता ओली र प्रचण्ड नै रहेको भन्दै उनले पार्टी एकता गर्दा तय गरिएको बिधि, पद्धती र मान्यताबिपरित बहुमत वा अल्पमतको खेलबाट हुने कुनै पनि कुरा नेकपामा स्वीकार्य नहुने बताएका गरेका छन ।

उनले भने, ‘मैले दुःखका साथ भन्नुपर्छ, माधव नेपाल र झलनाथ खनाल कमरेडहरुलाई पार्टी एकताले चिन्दैन । उहाँहरुले दुईटा अध्यक्षलाई सघाउने मात्रै हो । एकताले त दुईटा अध्यक्षलाई मात्रै चिन्छ । अरुलाई चिन्दैन, दुई अध्यक्षबीचको सहमति नै पार्टी निर्णय हो । यो भन्दा अर्काे बिकल्प छैन, बिकल्प खोज्यो भने सिधै दुर्घटना हुन्छ ।’उनले अहिले पार्टीभित्रको बिवादमा अध्यक्ष ओली भन्दा प्रचण्डको गलत बाटोले मुख्य काम गरिरहेको बताए । खासगरी सत्तालोलुपतालाई पहिलो प्राथमिकतामा राख्दा समस्या बढेको उनको भनाई छ ।

नेताहरु तीब्र महत्वाकांक्षा र सत्ताको लालसाबाट मुक्त नभई सरकारबिरुद्ध लाग्दा समस्या बढेको बताउदै उनले भने, ‘पार्टी एकता गर्ने बेलामा दुइटा प्रािधकार नेताहरुले एकता गर्नुभयो । कमरेड प्रचण्ड र केपी ओलीले । अरुको भुमिका छैन । महाधिवेशनसम्म जाँदा सहमतिबाट जान्छौं भनिएको छ । दोस्रो कुरा ६० र ४० बाट गरिएको छ । मन मिलेन भने अलग हुन पनि मार्ग प्रश्स्त हो । दुविधा हल गर्न पनि त्यो गरिएको हो । अव बीचमा आएर अरु कुरा गर्न मिल्छ ? महाधिवेशन भन्दा अगाडि अन्तरसंघर्ष भन्ने हुँदैन, दुईटा अध्यक्षले हस्ताक्षर गरे भने, सहमति बन्यो भने सिद्धान्त भयो । दुईटाको सहमति भएन भने केही पनि हुन्न ।’

प्रतिक्रिया दिनुहोस