• २०८१ माघ ११ गते शुक्रवार

भर्खर जन्मेको शिशु फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ ।

बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस