• २०८१ जेष्ठ ३० गते बुधवार

ट्युसनको बहानामा धमाधमकक्षा संचालन: निजिविद्यालयको मनपरी

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन २४, मुगु । हिमालीजिल्लामुगुमा ट्युसनको बहानामाधमाधमकक्षा सञ्चालन गरेको पाईएको छ । सरकारले कोरोना संक्रमण फैलने भन्दै दुई वादुई भन्दा बढी मानिस भेला,जमघट हुने कार्यक्रमतथाकामनगर्न भनेको भएपनिमुगुमायसको नियमविपरित भएको पाइएको हो । गत चैत ११ गतेबाट लगाउदै आएको लकडाउन अर्थात बन्दाबन्दिकाबिचसाउन ६गते मध्यबाट केहीअनौपचारिक रुपमाअन्त्य गरेतापनिसिमितकामहरु संचालनकालागीखुकुलो पारिनुका साथै शैक्षिक सस्था,व्यापारिक केन्द्र,सिनेमाहलकलेज,टयुसन सेन्टर,तालिम केन्द्र,तालिम,सभा,गोष्टी,भेला,सम्मेलनजस्ता बढी मानिस जमघट हुने कार्य संचालनगर्न सरकारले अनुमतीदिएको छैन तरमुगुका केहि निजी शैक्षिक सस्थाहरुले सरकारको विद्यालय संचालनको निर्णय नै नहुदै आफुखुशीट्युसनकानाममाविद्यार्थी बोलाएर धमाधमकक्षा संचालनगर्ने गरिएको पाईएको छ ।

जिल्ला सदरमुकाम गमगढीमा रहेकाथापा मेमोरियलबोडिङ्ग स्कुल,रारा डाईनामिक ईग्लिस बोडिङ्ग स्कुल, नाउर बोडिंग स्कुलर समता स्कुलले ट्युसनकानाममाकक्षा संचालन गरेको पाईएको छ ।सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना लिने भने पनिकक्षा संचालनबारे कुनै निर्णय नगरिरहेको अवस्थामायहाँकानिजीविद्यालयहरुले आफु खुशी ट्युसनपढाई कक्षा संचालनगरिरहेका छन ।सानाबालबालिकालाई कारोनाबारे जानकारी नभएपनिअविभावकहरुले आफनाबच्चाहरुको स्वास्थ्यभन्दा पढाईलाई प्राथमिकता दिएपछि बालबालिकाको स्वास्थ्यमाथीविद्यालय,शिक्षक र आमाबाबुहरुले खेलवाड गरेको देखिन्छ ।

एक अविभावकले नामनबताउने सर्तमाभने कोरोनाबारे आफुहरुलाई जानकारी भएपनिविद्यालयहरुले स्वास्थ्य सुरक्षाअपनाई कक्षा संचालनगर्ने बताएपछि आफना छोरा छोरीहरुलाई पढन पठाएको र विद्यालयमा भेडा राखे झै राखिएको पाईएकाले अबविद्यालयमा पढन नपठाउने बताउनु भयो ।ट्युसनकानाममाकक्षा संचालन भैरहेकाविद्यालयहरुमानतमास्कप्रयोग गरिएको छ न त सामाजिक दुरीको पालनाविद्याथीहरुलाई एउटा कक्षाकोठामा जम्मा गरेर पढाउने गरिएको छ । कोहि कसैमाकारोना संक्रमण भए सबै विद्यार्थीमा फैलने जोखिमकारहेको छ । सरकारको निर्णय विनाविद्यालयलागायत धेरै मानिस जमघट हुने काम संचालननगर्न सार्वजनिक सुचनागरिएको भएपनि सुचनाको वेवास्तागदै केहि निजीविद्यालयहरुले कक्षा संचालनगरिरहेको जानकारी आएकाले स्थानिय सरकार अन्तरगतकाशिक्षाशाखा, जिल्लाशिक्षातथा समन्वय ईकाई र सामाजिकविकास कार्यालयहरुलाई जानकारी गराई त्यस्ताकार्य गर्ने विद्यालयलाईआवश्यककारवार्ही अगाडी बढाउन निर्देशनदिने प्रमुखजिल्लाअधिकारी एवं जिल्लाविपतव्यवस्थापन समितीकासंयोजक कृष्ण कुमार निरौलाले बताउनु भयो ।

छायाँनाथ रारा नगरपालिकाभित्रका केहि निजीविद्यालयहरुले टियुसनका नाममाकक्षा संचालनगदै आएको जानकारी पाएर मौखिक रुपमा सरकारको निर्णय विनाकक्षा र विद्यालय संचालननगर्न अनुरोध गरेपनिनिजीविद्यालयहरुले अटेरी गरेकाले अबपत्र नै काटेर कक्षा संचालन रोक्नलगाउने र त्यसो गर्दा पनि अटेरी गरे नगर शिक्षा ऐन, नियमावली र स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गदै कारवार्ही अघि बढाउने छायाँनाथ रारा नगरपालिकाशिक्षाशाखाप्रमुख खड्क बहादुर रोकायाजानकारी दिए ।

प्रतिक्रिया दिनुहोस