साउन २४, वीरगञ्ज । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा बारा जिल्ला कलैया वडा नम्बर १० घर भइ ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशाला प्राविधिक रहेका छन् ।
वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना रहेका छन् । पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर रहेका नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।त्यसैगरी बारा जिल्ला भलुही भरवलियाका ३० बर्षका १ जना पुरुष , बारा जिल्ला मनहर्वाका ४३ बर्षिय १ जना पुरुष, सर्लाही जिल्लाका २६ बर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।
साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ५५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिए ।