साउन २४, काठमाडौं । आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बीबीसीले जनाएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतमा २०२१ मा हुने भनिएको विश्वकप तोकिएकै मितिमा हुने जनाएको छ ।कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सर्ने आँकलन गरिएका बेला आईसीसीले तोकिएकै मितिमा गर्ने घोषणा गरेको हो ।
अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी ट्वान्टी विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरेको आईसीसीले जनाएको छ । त्यस्तै न्युजिल्यान्डमा आउँदो वर्ष आयोजना गर्ने भनिएको महिलाको एकदिवसीय विश्वकप क्रिकेट भने एक वर्ष सारिएको छ । अब महिलाको विश्वकप २०२२ मा हुनेछ ।