साउन २४, काठमाडौं ।प्रहरीका अनुसार शुक्रबार काठमाडौँ महानगरपालिका- ४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हँुदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाँचथर घर भई काठमाडौँ कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौँ सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ भने थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।