• २०८१ माघ ११ गते शुक्रवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

आज उपत्यकामा हुने कार्यक्रमहरू
१.उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीले बालाजुमा भएको गैर न्यायिक सडक बिस्तारको बिरुद्ध रिले अनसन बस्ने ।
स्थान :- बालाजु ।
समय :- ९:३० बजे ।

२.जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितीको वैठक बस्ने ।
स्थान :- तुल्सीलाल स्मृति प्रतिस्ठान,च्यासल ।
समय :- ११:०० बजे ।

३.नेवा: राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले फाष्ट ट्रयाक,आउटर रिङ्गरोड र स्मार्ट सिटी को विरुद्धमा सिपि गजुरेल को उपस्थितिमा विरोध सभा गर्ने ।
स्थान :- खोकना रुद्रायणी परिसर ।
समय :- ११:३० बजे ।

४.सामाजिक अभियन्ताहरू प्रेम कैदी,पुण्य गौतम अग्नि समशेर शाही,मिनराज गुरुङ,पवित्रा लामा र मुकुन्द घिमिरेको उपस्थितिमा प्रभु शाहले महालक्ष्मी नगरपालिका टिकाथाली वडा नं. ५ बस्ने नरबहादुर भण्डारीको घर मिचेर आफ्नो बिशाल महल खड़ा गरेर भयानक उत्पीडन दिएको विरुद्ध पत्रकार सम्मेलन हुने ।
स्थान :- महालक्ष्मी नगरपालिका ५ टिकाथाली ।
समय :- १२:०० बजे ।

५.साझा पार्टी उपत्यका विशेष साझा अभियानले ३६५ दिननै गाईजात्रा प्रतिस्थापना कला विद्रोह कार्यक्रम गर्ने ।
स्थान :- पाटन दरवार स्क्वायर ।
समय :- १५:०० बजे ।

६.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान :- सानोठिमी क्याम्पस ।
समय :- २०७७/०४/७ गते देखि जारी ।

७.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि वसन्तपुर डबलीमा २०७७/०४/०३ गतेको १२:३० बजे देखि खुल्ला सत्याग्रह बसेको स्वास्थ्यमा समस्या आएपछी मिति २०७७/०४/१९ गते ९:३० बजे ह्याम्स हस्पिटलमा लगेको सत्याग्रह जारी ।

८.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

९.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

प्रतिक्रिया दिनुहोस