• २०८१ माघ ९ गते बुधवार

प्रधानमन्त्री ओलीको समर्थनमा कलंकीमा प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा कलंकी लयायत उपत्यकाका ७ ठाउँमा प्रदर्शन भएको छ । नेकपाभित्रको अन्तरद्वन्द्वका बीच ओली पक्षधर नेता तथा कार्यकर्ताहरुले आज बुधबार प्रदर्शन गरेका हुन।

युवाहरुले राष्ट्रिय झण्डा सहित स्वतहस्फुर्त रुपमा कलंकी चोक पुगेर सरकार ढाल्न पाइँदैन, ओलि फाल्न पाईदैन, प्रधानमन्त्री ओलि, आजका लागी होइन भोलिका लागी, जस्ता नारा लेखिएका प्लेकार्ड तथा पोष्टर समेत प्रर्दशन गरेका थिए । उनीहरुले ओलीको फोटो सहित ‘फेर्नु छ देशको मुहार, हाम्रो भबिष्य हाम्रो सरकार’ लेखिएको ब्यानर समेत प्रदर्शन गरे। पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेका बेला समर्थक युवाहरुले प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै देशभर प्रदर्शन गरेका हुन् ।

फोटोः सुरेन्द्र थापा

प्रतिक्रिया दिनुहोस