• २०८२ बैशाख ४ गते बिहिवार

थबाङमा निशुल्क सोलार वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २४,थबाङ । थबाङ गाउँपालिका रोल्पाले गरिव जेहेन्दार र विधुत उज्यालोको पहुच नपुगेका ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १० सेट निशुल्क सोलार वितरण गरिएको छ ।

वडा नं ५ का १० घरपरिवारलाई बुधवार गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीले सोलार हस्तान्तरण गर्नु भएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमेलटारले ग्रामिण भेगमा विधुत पुग्न नसकेको वस्तीहरुको लागी भनेर सोलार गाउँपालिकामा पठाएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनु भयो । वडाको विधुत नपुगेको घरपरिवारको वडाले सिफारिस गरेको आधारमा स्थानियहरुलाई सोलार वितरण गरिएको उहाले बताउनु भयो । पाच वटै वडामा रहेका त्यस्ता परिवारको सुची वडाले पठाएअनुसार सोलार वितरण गरिएको छ ।

यस वर्ष ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गरिएको छ भने यो कार्यक्रम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यक्रम भएको र आगामी वर्ष पनि यस कार्यक्रम निरन्तर भएको खण्डमा थप गरिव जेहेन्दार र विधुत तथा उज्यालो नपुगेको घर परिवारलाई वितरण गरिने अध्यक्ष घर्तीले बताउनु भयो ।

थबाङ गाउँपालिका वडा नं १ ,२ र ३ मा एक वडामा दस सेटको दरले ३० सेट सोलार वितरण गरिने छ भने वडा नं ४ र ५ एक वडा मा ९ सेटको दरले १८ सेट सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस