असार २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।