• २०८१ जेष्ठ ३० गते बुधवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २४, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्नअनुसार रहेका छन ।

१.इपिएस पिडित संघर्ष समितिले पास गरिएकाहरुलाइ कोरिया लैजाने ग्यारेन्टी गर भन्दै प्रदर्शन गर्ने ।
स्थान:-माइतिघर मन्डला ।
समय:-९:०० बजे ।

२.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।

३.संघीय संसद,प्रतिनिधि सभा,विकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१२:०० बजे ।

४.सञ्चार केन्द्र नेपालले मृगौला रोगका समस्याबाट सम्भावना हुँदाहुँदै मानिसहरुले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि मृगौला तथा अंगदान सम्बन्धी पुर्ब स्वास्थ मन्त्री खगराज अधिकारी,प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गर्ने प्रा.डा. प्रेमराज ज्ञवाली, प्रा. डा. ऋषिराज काफ्ले लगायतका व्यक्तिहरू संग अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-सञ्चार केन्द्र नेपाल विजुलिबजार(भाटभटेनीको पूर्वपट्टी) ।
समय:-विहान १२ः ३० बजे ।

५.नेकपाका नेता तथा कार्यकर्ताहरूले नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा उपस्थित भएर पार्टी एकतबद्ध बनाउनको लागि रचनात्मक दबाब दिने ।
स्थान:-नेकपा केन्द्रीय कार्यालय,धुम्बराही ।
समय:-१४:०० बजे ।

६.राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलिको समर्थनमा कार्यक्रम गर्ने ।
स्थान:-कोटेश्वर,चावाहिल,गङ्गबु,कलंकी,असन र लगनखेल ।
समय:-१५:०० बजे ।

७.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २१ गते देखि सबै कार्यालयहरूमा मागपत्र छातीमा टास गरि आआफ्नो कार्यालयमा काम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

८.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस