• २०८१ जेष्ठ ५ गते शनिवार

कलह , सलह र नेकपा

जीवन प्रकाश शर्मा पढ्न लाग्ने समय : २ मिनेट

प्रकृतिले नेकपालाई संकटमा सधैं साथ दिदै आएको देखिन्छ । मनमोहन अधिकारी प्रधान मन्त्री हुँदा हेलिकॉप्टर दुर्घटनामा प्रकृतिले नैं वचाएको इतिहास ताज़ा छ। अहिले नेकपाको संकटमा पनि प्रकृतिले साथ दिएको छ। दल भित्र को आन्तरिक कलहलाई सलहले मिलाइदिएको छ। नेपाल भित्र सलह पस्दा द्वन्द उत्सर्गमा पुगेको थियो । तर सलह कम हुदै जादा द्वन्द विस्तारै मत्थर हुदै गएको छ ।

अहंकार र दम्भले विनास निम्त्याउछ। राजनिति फोहरी खेल हो भन्ने भनाईवाट नेताहरू जोगिनुपर्छ । जन विस्वास गुम्यो भने पहिलो पुस्तालाई फरक नपरे पनि यसले अरुलाई भविष्यमा नराम्रो असर पर्ने पक्का छ ।

यो संयोग मात्र हुन सक्छ । तर प्रकृति र नेकपाको संवन्ध गहिरो छ । सलहले कलहलाई मिलाइदियो । धन्यवाद सलह । अध्यादेशवाट दल विभाजन र वहुमतवाट सरकार परिवर्तन गर्नु अहिले उपयुक्त समय होइन । जनमतको अपहेलना गर्नु हो । अहंकार र दम्भले विनास निम्त्याउछ। राजनिति फोहरी खेल हो भन्ने भनाईवाट नेताहरू जोगिनुपर्छ । जन विस्वास गुम्यो भने पहिलो पुस्तालाई फरक नपरे पनि यसले अरुलाई भविष्यमा नराम्रो असर पर्ने पक्का छ । लोकतन्त्र माथिको विस्वासमा कमी आउन सक्छ । युवाहरू सडकमा आउन थाल्छन ।

कोरोनाले आकान्त पारेको वेलामा राजनितीमा देखिएको वेथितिलाई जनताले स्वीकार गदैनन । नेकपा प्रति जनतामा नकारात्मक धारणा वन्न जान्छ । वहुमतको सरकार पनि नेपालमा अफाप सिद्ध भएको मानिन्छ । व्यवस्था माथि नै धावा वोल्न थालिन्छ । अतः समय अनुसारको राजनिति गरौं । युवाहरुको आवाजको क़दर गरौं । दम्भ र अहंकारवाट टाढा रहौ । विधि ,पद्धति र छलफलवाट अघि वढौं ।

नेकपालाई ५ वर्ष शासन चलाउने म्यान्डेट संविधानले दिएको छ । वांदरको हातमा नरिवलको जस्तो नहोस । सतर्क होऔ । जनताको भावनामा ठोस नपुर्याऔं ।

प्रतिक्रिया दिनुहोस