• २०८० फाल्गुन १० गते बिहिवार

युवा नेता शाहिद्वारा घोडाघोडीका क्वारेन्टाइनमा बस्दै आएका नागरिकलाई खाजा वितरण

राम बहादुर विश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, कैलाली । नेपाली जनसम्पर्क समिति बेंलोर बेलेन्धुर शाखा अध्यक्ष एवम युवा नेता दिवश शाहि द्वारा कैलालीको घोडाघोडी नगरपालिकाले निमार्ण गरेको क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण गरीएको छ । वडा नम्बर १ कालिका आधारभुत बिद्यालयका सिङ्रुवा बेलकोट र छडि माध्यामिक विद्यालय बेलारमा आश्रय लिईरहेका ८५ जनालाई अण्डा र चना वितरण गरीएको हो ।

युवा नेता दिवश शाहि र लोकेश शाहीको सहयोगमा उपलब्ध भएको खाजालाई बेलार युवा क्लबका युवाहरुको समन्वयमा वितरण गरिएको बताइएको छ।आपतकालिन अवस्थामा सरकारमात्र नभई नागरिक ले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउदै सानो भएपनि सहयोग स्वरुप खाजा उपलब्ध गराएको नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बेङलोर बेलेन्धुर शाखा अध्यक्ष दिवश शाहिले बताए । यो शंकटको घडीमा एक अर्काको आलोचना भन्दा पनि नागरिक र तिनै तहका सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने बताउदै शाहि ले सबै मिलेर यो महामारी नियन्त्रण मा सहयोग गर्न आग्रह समेत गरेका छन् । खाजा वितरणमा लोकेश शाही,नरेन्द्र कठायत, कमल सेजवाल र प्रकाश शाही युवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस